काठमाडौँ । आफुलाई प्रहरी भन्दै औषधीपसलमा खानतलासी गदै अबैध रकम असुल्ने दुई जना नक्कली प्रहरीलाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३७ वर्षीय नानीबाबु लामा र दोलखाका ३४ वर्षीय प्रकाश तामाङ रहेका छन् । उनीहरु नक्कली प्रहरी बनी रकम असुल्दै हिँडिरहेकाबेला प्रहरीको फन्दामा परेका हुन् ।
नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी उनीहरुले औषधि पसलमा खानतलासी गरी रकम असुली गरेका थिए । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गोकर्णेश्वर नगरपालिका–६ स्थित औषधि पसलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनीहरूलाई बुधबार काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।
.jpg)
