पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतको आदेश

पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतको आदेश

images
बुधवार, पौष १६ २०८२
  • काठमाडौं । पोखराको लिचीबारी जग्गा प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्तालाई प्राप्त प्रमाणका आधारमा अहिले नै निर्दाेष मान्न नसकिने भन्दै थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ । बुधबार विशेष अदालतमा उपस्थित भएका पूर्वमन्त्री गुप्ताको बयानपछि थुनछेक बहस भएको थियो । विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई थुना पुर्जी दिई कारागार पठाउन आदेश दिएको हो ।

    उनीमाथी घुस लिएर भ्रष्टाचार गरेको आरोप लागेको थियो । अदालतले एमाले नेता समे रहेका पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने पहिलो आधारको रूपमा अडियो र भिडियोः प्रतिवादीहरूबिच भएको फोन संवादको अडियो रेकर्ड र त्यसको विधि विज्ञान प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदन मानेको छ। ती प्रतिवेदन हेर्दा उनलाई निर्दाेष मान्न नसकिने भन्दै तत्काल थुनामा राखेर थप प्रक्रिया अगाडी बढाउन अदालतले आदेश दिएको हो । 

    अदालतले प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, अर्का पूर्वमन्त्री रजिता श्रेष्ठ र सुजन कुमार तामाङले गुप्तालाई पठाएका म्यासेजहरूलाई पनि आधार मानेर उनलाई निर्दाेष मानिहाल्ने अवस्था नरहेको जिकिर गरेको हो । 

    उनीमाथि कास्कीको मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीको सरुवा थमौती गराइदिने र खम बहादुर पुनलाई भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्षमा नियुक्ति गराइदिने आश्वासन दिई घरजग्गा व्यवसायीसँग घुस लिएको आरोप लागेको थियो ।

    घरजग्गा व्यवसायीबाट ५३ लाख रुपियाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री गुप्ता र पूर्वमन्त्री रन्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्यसुविधा प्रदान गर्नका लागि २५ लाख रुपियाँ घुस लिएको अभियोग लगाएको थियो ।

    हेर्नुस् अदालतको आदेश 

    1_bvouCbxwN4.jpg
    2_FKc31PigWF.jpg

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend