चौतर्फी आलोचनापछि रास्वपा समानुपातिक बन्दसूची सच्याउन तयार

चौतर्फी आलोचनापछि रास्वपा समानुपातिक बन्दसूची सच्याउन तयार

images
बुधवार, पौष १६ २०८२
  • काठमाडौं । समानुपातिक बन्दसूचीमा पपुलिष्ट गायक, नायक, कार्यक्रम होष्ट, मिस नेपाल देखि ब्यापारीसम्मलाई समेटेपछि चर्काे आलोचना खेपेको राष्ट्रिय स्वतन्त्र पार्टी अन्ततः समानपातिक बन्दसूची सञ्चाउन तयार भएको छ । रवि लामिछाने, काठमाडौंको मेयर बालेन शाह, उर्जामन्त्री समेत रहेका कुलमान घिसिङसम्मको रास्वपाको छातामुनि एकीकृत भएपछि समानुपातिक सिट संख्या समेत भागवन्डामा तयार पारिएको थियो ।

    रास्वपालाई ५६, बालेनलाइ ४० र कुलमानलाइ १४ समानुपातिक उम्मेदवार भागबन्डा लगाएर रास्वपाले समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाएको थियो । तर भेगीय हिसावले सूदुरपश्चिम प्रदेश सिंगो छुटेको, कतिपय नेताका नातागोता र आर्थिक लेनदेनका मान्छेहरु परेको, समानुपातिक उम्मेद्वार छान्न रास्वपाले गरेको प्रँइमरी चुनाव देखाउने दाँतमात्र भएको भन्दै रास्वपाले उम्मेदवार छनौट भएपछि विवादमा परेको थियो । 

    नयाँ भन्ने शक्तिभित्र पनि समानुपातिक सूचीमा तरमाराहरु समेटिएको भन्दै रास्वपाले चर्काे आलोचना खेपिरहेको छ । आलोचनापछि रास्वपा समानुपातिक सूची फेर्न तयार भएको हो । उसले समानुपातिक बन्दसूचीमा सच्याउनुपर्ने विषय भए प्रदेश सभापति मार्फत् वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन जारी गरेको छ। बुधबार सचिवालयका तर्फबाट वक्तब्य जारी गदै रास्वपाले त्यस्तो निर्देशन गरेको हो । 

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि रास्वपाले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाहरूबाट प्राप्त भएका प्रतिक्रिया र सुझावहरूप्रति पार्टीको ध्यानाकर्षण भएको सचिवालयले जनाएको हो।

    ‘समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने कुरामा सहमत हुँदै सूची पेस भएको हो। उक्त बन्दसूचीमा रहेका त्रुटिहरु सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र पार्टीले कुनै त्रुटि देखिएमा सुधार गरी समयमै पेश गर्ने जानकारी गराइन्छ। अतः बन्दसूचीमा सच्याउनुपर्ने विषयमा पौष १७ गते बिहान १० बजेभित्र यथोचित सुझाव प्रदेश सभापति मार्फत् वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिने छ,’ सचिवालयले भनेको छ।

    रास्वपाको बन्दसूचीमा पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, लोक दोहोरी गायक प्रकाश सपुत, फिल्म निर्माता, टेलिभिजन प्रस्तोता आसिफ शाह, गायिका त्रिसाला गुरूङ , सत्यकला राई, क्रिक्रेटर ज्ञानेन्द्र मल्ल,गोल्डस्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणा, मोडल तथा नायिक रिमा विश्वकर्मा लगायत परेका छन् । सेलिव्रेटीलाई समानुपातिक सूचीमा राखेर रास्वपाले संसदलाई मजाक बनाउन खोजेको आरोप लागेको छ । 

    यस्तो छ रास्वपाको निर्देशन

    604840508_773647969090867_3269283072960388975_n_7m0oXnXbaS.png

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend