पूर्वपञ्चहरुको पार्टीमा एकता र विभाजनको कथा

पूर्वपञ्चहरुको पार्टीमा एकता र विभाजनको कथा

पार्टी नाम राप्रपा, केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन नै रहने, विधान, झण्डा र चुनाव चिन्ह पुरानै हलो रहने सहमति

images
बुधवार, पौष १६ २०८२
  • काठमाडौं । पूर्वपञ्चहरुको पार्टी राप्रपा र राप्रपा नेपालका बीचमा पार्टी एकता भएको  छ । एकतासँगै ६ बुँदे सहमति पनि भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षरसहित एकता घोषणा गरिएको हो ।

    चुनावको सम्मुखमा नेपालका केही वाम शक्तिहरुको एकतापछि नेपाली कम्युनिष्ट पार्टी, नयाँ वैकल्पिक शक्तिहरु रास्वपाको छाताभित्र समेटिएकै बेला पूर्व पञ्चहरुको पार्टीमा पनि मिलाप भएको हो ।

    पूर्व पञ्चहरु राजासहितको प्रजातन्त्रको वकालत गदैं आईरहेका पार्टी हुन् । एकतापछि पार्टीको नाम राप्रपा रहनेछ र केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन नै रहनेछन् । विधान, झण्डा र चुनाव चिन्ह पुरानै हलो रहनेछन्। एकीकरणपछि राप्रपाको सम्बर्धनवाद पार्टीको वैचारिक दर्शन हुनेछ, जसमा धार्मिक समानता र राजसंस्थाको कुरा छ। राप्रपाले २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट यो विचारधारा अंगीकार गदै आएको छ । 


    दुई पार्टीबीचको संगठन समायोजनका सम्बन्धमा पनि सहमति भएको छ । जसअनुसार राप्रपाको २०७८ को महाधिवेशनबाट निर्वाचित भएर हाल राप्रपा नेपालमा रहेका केन्द्रीय सदस्यहरूलाई एकीकृत पार्टीमा सोही पदमा कायम गरिनेछ।
    राप्रपा नेपालका अन्य पदाधिकारी र सदस्यहरूलाई सहमतिका आधारमा केन्द्रीय कार्यसमितिमा समावेश गरिनेछ।  यसैगरी जिल्ला तथा स्थानीय तह (वडा, गाउँ, नगर) मा २०७८ को महाधिवेशनको समयमा कायम रहेका संरचनालाई आधार मानी सम्मानजनक ढंगले समायोजन गरिने सहमतिपत्रमा उल्लेख छ । 


    राप्रपा नेपालका जनवर्गीय संगठन (भातृ संगठन) का पदाधिकारी र सदस्यहरूलाई पनि राप्रपाका सम्बन्धित संगठनहरूमा सम्मानजनक रूपमा समायोजन गरिने सहमति पत्रमा उल्लेख छ। एकीकृत पार्टीमा कमल थापाको भूमिका भने सहमतिपत्रमा खुलाइएको छैन । 

    २०७८ मा सम्पन्न महाधिवेशन पछि राप्रवाबाट कमल थापा बाहिरिएका थिए । उनी लिङदेनसँग पराजित भएपछि अलग पार्टी राप्रपा नेपाल बनाएर बाहिरिएका थिए । चार वर्षपछि थापा फेरि पूरानै घर फर्किएका हुन् ।  लिङदेनले कमल थापा पार्टीमा नहुँदा पार्टी नै अपूर्ण जस्तो भएको र अहिले पूर्ण भएको प्रतिक्रिया दिएका छन् । ‘कमल दाइ नहुँदा अपूर्ण जस्तो लाग्थ्यो, रुँदै हिंड्न पनि मिलेको थिएन’ लिङदेनले एकता सभामा भने । 
    पूर्व पञ्चहरुको पार्टीमा पटक पटक एकता र विभाजन हुँदै आएको थियो ।

    605827410_122199179282558119_4868774838448379753_n.jpg

     यस्तो छ पूर्व पञ्चहरुको एकता र विभाजनको चक्र

    पञ्चायत कालमा पटक पटक प्रधानमन्त्री बनेर तर मारेका राप्रपाका नेताहरुले २०४७ सालको प्रजातन्त्र पूर्नस्थापना पछि लोकेन्द्रबहादुर चन्द र सूर्यवहादुर थापाको नेतृत्वमा पार्टी गठन गरेका थिए । तर २०४८ को निर्वाचनमा चन्द र थापा समूहले राम्रो नतिजा ल्याउन सकेनन् । त्यतिबेला चन्द समूहले ३ र थापा समूहले एक सिट जितेको थियो । विभाजनबाट दुवै समूहलाई फाइदा नभएपछि २०४८ माघमा पार्टी एकता भयो । एकीकृत पार्टीको अध्यक्ष थापा बने । पार्टी नाम राप्रपा बन्यो ।

    २०५१ सालको निर्वाचनमा राप्रपाले २० सिट जित्यो । २०५२ सालमा राप्रपाको समर्थनमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री भए । तर राप्रपाको चन्द समूहले एमालेलाई साथ दियो । देउवा सरकार ढलेपछि नेकपा एमालेको समर्थनमा २०५४ सालमा चन्द प्रधानमन्त्री भए । तर सूर्यबहादुर थापाले कांग्रेससँग मिलेर चन्द सरकार ढाल्दै आफैँ प्रधानमन्त्री भए । कमल थापाले गुट परिवर्तन गरी थापालाई साथ दिए ।

    सत्ता स्वार्थका लागि राप्रपा चन्द समूह एमालेसँग र थापा समूहले कांग्रेससँग मिलेर प्रधानमन्त्री पद हत्याए । त्यतिबेला त्रिशंकु संसदको फाइदा तेस्रो दल राप्रपाले उठाएको देखिन्छ ।

    पार्टीभित्र चन्द र थापा समूहबिच विवाद बढ्दै गएपछि दोस्रोपटक पार्टी विभाजन भयो । २०५६ को निर्वाचनमा थापा समूहले ११ सिट जित्यो । चन्द समूह निल भयो । २०५७ सालमा आएर फेरि पार्टी एकीकृत भयो ।

    २०५९ सालमा राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री देउवालाई बर्खास्त गरेर चन्दलाई प्रधानमन्त्री बनाए । यो कदममा कमल थापाले ज्ञानेन्द्रलाई साथ दिए । २०६२ पुसमा कमलले पार्टी विभाजन गरी राप्रपा नेपाल गठन गरे । सूर्यबहादुर थापाले पनि राप्रपाबाट अलग भएर राष्ट्रिय जनशक्ति पार्टी गठन गरे । २०६४ को निर्वाचनमा पूर्वपञ्च सम्मिलित तीन वटै घटकले भाग लिए । त्यस निर्वाचनमा राप्रपाले ८ सिट जित्यो । राष्ट्रिय जनशक्ति पार्टीले ३ र राप्रपा नेपालले ४ सिट जित्यो । निर्वाचनमा पराजयपछि राप्रपा र राजपाबिच २०७० मा एकता भयो । यी दुवै घटकले २०६५ सालमा संविधान सभाबाट घोषणा भएको संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गर्‍यो । राप्रपा नेपाल भने संवैधानिक राजतन्त्रको पक्षमा उभियो ।

    २०७० को निर्वाचनमा पशुपति शमशेर राणा नेतृत्वको राप्रपाले प्रत्यक्ष तीन र समानुपातिक ९ गरी १२ सिट जित्यो । कमल थापा नेतृत्वको राप्रपा नेपालले २४ र मनोनीत एक गरी २५ सिट जित्यो । सोही साल मंसिर ५ गते पार्टी एकता भयो । एकीकृत पार्टीको नाम राप्रपा नै रह्यो । त्यसपछि संविधान सभामा राप्रपाको सिट ३७ पुगेको थियो ।

    सरकारमा सहभागी हुने विषयमा मतभेद भएपछि राप्रपा फेरि विभाजन भयो । पशुपति शमशेर राणाले २०७४ मा राप्रपा प्रजातान्त्रिक गठन गरे ।

    २०७६ फागुनमा राप्रपाका तीन घटक ९राणा, थापा र लोहनी०बिच एकता भयो । तर सूर्यबहादुर थापाका छोरा सुनिल थापा भने नेपाली कांग्रेसमा प्रवेश गरे । २०७८ मंसिर १९ गते कमल थापा राप्रपाबाट अलग भइ राप्रपा नेपाल गठन गरेका थिए । 

    तर अहिले फेरि देशमा जेनजी आन्दोलन, नयाँ राजनीतिक शक्तिहरुको एकता, अन्य वाम शक्तिहरुको पनि एकता देखेपछि राप्रपाका यी दुई समुह पनि एक ठाँउमा आईपुगेका हुन् । 

    यस्तो छ ६ बुँदे सहमतिपत्र 

    party-ekta-(1)_cLC6g2vrYo.jpg

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend