मधेस प्रदेश सरकारले पायो पूर्णता

मधेस प्रदेश सरकारले पायो पूर्णता

images
बुधवार, पौष १६ २०८२
  • जनकपुरधाम । मधेस प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा गठन भएको नयाँ सरकारले करिव एक महिनापछि पूर्णता पाएको हो । 
    यो बीचमा उनले प्रदेश सभाबाट विश्वासको सत प्रतिशत मत पनि लिईसकेका छन् । उनले आज थप ६ जना मन्त्री विभिन्न् राजनीतिक दलबाट थपेर सरकारलाई पूर्णता दिएका हुन् । 

    यहाँ कांग्रेस दल नेता यादव मुख्यमन्त्री छन् । एमाले प्रतिपक्षमा छ । एमाले बाहेकका अन्य दललाई समेटेर यादव नेतृत्वको सरकार गठन भएको थियो । 

    जनकपुरधामस्थित मधेस भवनमा छ जना नवनियुक्त मन्त्रीले प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । नवनियुक्त मन्त्रीहरुमा मनिषकुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास मन्त्रालयले सिजम्मेवारी पाएका छन् । 

    शङ्करप्रसाद चौधरीलाई वन तथा वातावरण, श्यामप्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्तकुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय तथा फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । नयाँ मन्त्रीहरूको नियुक्तिसँगै मधेस प्रदेश सरकारको प्रशासनिक गतिविधि सक्रिय हुने अपेक्षा गरिएको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend