यी हुन् कांग्रेसका समानुपातिक उम्मेदवार (सूचीसहित)

यी हुन् कांग्रेसका समानुपातिक उम्मेदवार (सूचीसहित)

राष्ट्रपति पौडेल र पूर्वराष्ट्रपति यादवका छोराछोरी कांग्रेसको समानुपातिक सूचीमा

images
मंगलवार, पौष १५ २०८२
  • काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फ पूर्व र वाहालवाला राष्ट्रपतिका छोरा–छोरी देखि नेताका ससुरादेखि श्रीमतीसम्मलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको छ । कांग्रेसमा सस्थापन पक्ष र सस्थापन इतरपक्षका बीचको रस्साकस्सीका बीच सबैभन्दा ढिलो गरी कांग्रेसले निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची बुझाएको हो । 
    कुल ११० जनाको नाम नै कांग्रेसले बुझाएको छ । 

    निर्वाचन आयोगले तय गरेको समयसिमा पुस १४ भित्र उसले निस्सा लिएर सूची भने मंगलबार बिहान ११ बजेमात्र निर्वाचन आयोगको कार्यालय पुगेर बुझाएको हो । 


    सूचीमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल र पूर्वराष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादवको नाम समावेश छ । त्यस्तै, बलबहादुर केसी पत्नी रिना उप्रेती पनि समानुपातिक उम्मेदवारको सूचीमा छन् । कांग्रेस नेता तथा महामन्त्री गगन थापाका ससुरा अर्जुननरसिंह केसी पनि समानुपातिक सूचीमा छन् । त्यस्तै विमलेन्द्र निधिले पनि समानुपातिक सूचीमा भान्जीलाई समेटेका छन् । निधिका भान्जी निनु कर्णपनि समानुपातिक सूचीमा परेकी छिन् । 

    कांग्रेसका १४ पदाधिकारीमध्ये सहमहामन्त्री भीष्मराज आङ्देम्बे समानुपातिकमा बसेका छन्। कांग्रेसले जेनजी आन्दोलनका सहिद धिरज श्रेष्ठका बुवा नुवाकोटका नारायण श्रेष्ठलाई पनि उम्मेदवार बनाएको छ।

    को- को परे कांग्रेसका समानुपातिक उम्मेदवार सूचीमा

    congress-1_EN0PjHXhco.jpg
    congress-2_pQZ0Sd46KA.jpg
    congress-3_nyuC8IJuRD.jpg

     

    congress-4_jE5LUMIjfF.jpg
    congress-5_eHFXyoIQjk.jpg

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend