काठमाडौँ । नेकपा एमालेका अध्इक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले आगामी चुनावबाट पनि एमाले र कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दावी गरेका छन् । मदन–आश्रित स्मृति प्रतिष्ठानले आज काठमाडौंमा आयोजित विचारगोष्ठीमा पूर्वप्रधानमन्त्री ओलीले पछिल्ला दिनमा प्रधानमन्त्री पदका सहमति गरेर भन्ने खबर आफूले सुनेको उल्लेख गर्दै एमाले–कांग्रेस बाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका हुन् ।
“जसलाई जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन ।” ओलीले रवि बालने र कुलमानको एकतालक्षित टिप्पणी गदैं भने, “कांग्रेस र एमाले बाहेक अर्काे कसैले आगामी दिनमा पनि सरकार चलाउन सक्दैन ।” ओलीले मोर्चाबन्दीले एमालेलाई कुनै फरक नपर्ने बताए । उनले ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने विश्वास व्यक्त गरे ।
संसद् पुनःस्थापना आफूहरूको प्राथमिकता रहेको स्पष्ट पार्दै अध्यक्ष ओलीले पछिल्लो राजनीतिक निकासको सोही बाटो अपनाउनुपर्नेमा जोड दिए । ‘हामी सम्मानित अदालतसमक्ष पनि आग्रह गर्न चाहन्छौं । कतिपय कुरा यस्ता हुन्छन् देश अप्ठेरोमा भएका बेला अदालतले सुविस्तासँग काम गर्ने बाटो लिन मिल्दैन,’ ओलीले भने, ‘देश अप्ठेरोमा छ भने अप्ठेरोलाई सहजतामा लैजानका लागि अदालतले तदारुकताका साथ निर्णय दिनुपर्दछ । फैसला दिनुपर्दछ ।’
एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले लोकतन्त्र र मुलुकको रक्षाका लागि वामपन्थी र लोकतन्त्रवादीहरू मिलेर जानुपर्ने बताए । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले भदौ २३ र २४ को घटनापछि पुराना रु ठूला दलका नेतालाई छानी छानी आक्रमण गर्ने प्रवृत्ति गलत भएको बताए ।
.jpg)
