काठमाडाैं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन सोमबार दिनभरिमा जम्मा ९ वटाले सूची बुझाएका छन्।
निर्वाचन आयाेगका अनुसार सोमबार राति ७ बजेसम्म समानुपातिक सूची बुझाउनेमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेकपा (पुष्पलाल), गतिशील लोकतान्त्रिक पार्टी, जसपा नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपाल छन्।
आयाेगका अनुसार आज सूची नबुझाएका केही पार्टीहरुले निस्सा लिएर गएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायत सबै ठूला दलहरूले आयोगबाट निस्सा लिएर गएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि निस्सा लिएर गएको छ।
.jpg)
