स्याङ्जा । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्याङ्जा निर्वाचन क्षेत्र नं. २ बाट ८ जनाको नाम सिफारिस गरेको छ।
नेकपा स्याङ्जा जिल्ला कमिटीको पुष ११ गते शुक्रबार बसेको संयुक्त बैठकले उम्मेदवारहरूको नाम सिफारिस गरेको हो।
स्याङ्जा–२ मा प्रत्यक्षतर्फ ८ जनाकाे नाम सिफारिस भएकाे छ । सिफारिस हुनेमा अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष मदन ढकालसहित शैलेन्द्र घिमिरे, लोकेन्द्र तराङ, मेघनाथ चापागाईं, पदम विक, तेज सुवेदी, हरि मोहन भण्डारी र शिव भट्टराई रहका छन्।
यस्तै समानुपातिकमा ९ उम्मेदवारको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ ताज महम्मद मियाँ, गिरिधारी कोइराला, कल्पना अर्याल, रुकवीर विक, बसर अली मियाँ, लक्ष्मी राना, बुद्धिसागर भट्टराई, सुशिला कुँवर र भरतदेव पंगेनीको नाम सिफारिस सूचीमा परेको छ।
.jpg)
