नेकपाले गर्‍यो रौतहट ४ मा युवराज भट्टराईसहित ४ जनाको नाम सिफारिस

नेकपाले गर्‍यो रौतहट ४ मा युवराज भट्टराईसहित ४ जनाको नाम सिफारिस

images
शुक्रवार, पौष ११ २०८२
  • चन्द्रनिगाहपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले रौतहट ४ मा पूर्व प्रदेश मन्त्री युवराज भट्टराई (समिर) सहित ४ जनाको नाम सिफारिस गरेको छ । प्रदेश सभा सदस्य समेत रहेका भट्टराई प्रतिनिधिसभा सदस्य चुनावका लागि सिफारिस भएका हुन् । उनी मधेस प्रदेशका पूर्व मन्त्री समेत हुन् । 

    नेपाली कम्युनिष्ट पार्टीले भट्टराईसहित रामकुमार भट्टराई, देबेन्द्र पटेल र जेन्जी युवाका तर्फबाट आशिष लामाको नाम सिफारिस गरेको हो । 

    यसमध्ये युवराज भट्टराई (समिर) रौतहटको उक्त निर्वाचन क्षेत्रमा लोकप्रिय र विकासप्रेमी नेताका रुपमा चिनिन्छिन् । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend