नर्वे । नेपाली समाज पोर्चुगल–नर्वेको सातौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले प्रेम बहादुर परियारको अध्यक्षतामा २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ।
ओस्लोस्थित नेपाली हाउस नेपाली रेस्टुरेन्टमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा महेन्द्र खड्का, सम्झना शर्मा बराल र जीवन भट्टराई चयन भएका छन्। महासचिवमा प्रवर्ता पन्थी गैह्रे, सचिवमा नारायण सुवेदी र कोषाध्यक्षमा युवराज खनाल चयन भएका छन्।
त्यसैगरी युवा संयोजकमा मदन कँडेल र महिला संयोजकमा निर्मला सापकोटा ‘निरु’ चयन भएकी छन्।
सदस्यहरूमा जीवनहरी काफ्ले, प्रकाश काफ्ले, एम। कुमार लिम्बु, सुरज श्रेष्ठ, शालिकराम ढुंगाना, राम बहादुर पुन, सिम बहादुर गुरुङ, ओमकार थापा, पुष्पा तामाङ, धन बहादुर तामाङ, भेषराज सापकोटा र रबिन उपाध्याय चयन भएका छन।

.jpg)
