काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफु यसपटकको निर्वाचनमा चुनाव नलड्ने घोषणा गरेका छन् । बिहिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकमा शर्माले आफू देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरूको साथमा रहने जनाउँदै आफु चुनाव भने नलडने घोषणा गरेका हुन् ।
उनले आफनो नाम पार्टीले झापा १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा सर्वसम्मत पठाएकोमा पार्टीको क्षेत्रीय कमिटिलाई धन्यबाद दिँदै उनले तीन पटक आफु उम्मेदवार बनिसकेको र त्यस क्षेत्रमा अर्काे साथीलाई चुाव लड्न दिनका लागि पनि चुनाव नलडने बताएका हुन् ।
उनले बाँचुन्जेल क्षेत्र कब्जाको सोच राख्ने, सासले भ्याएसम्म मन्त्री बन्नुपर्ने राजनीतिक प्रवृत्तिको आफु विरोधी रहेको र त्यसलाई भत्काउन जरुरी रहेकोले आफु उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
‘आफ्नो पावरझ ले भ्याएसम्म उम्मेदवार बन्ने जित्दा त कुरै भएन, हार्दा पनि क्षेत्र नछाड्ने, एक क्षेत्रमा हारे अर्को क्षेत्रमा वा एउटा तहमा हारे अर्कोमा भएपनी उम्मेदवार बन्नैपर्ने, बाँचुन्जेल– क्षेत्र कब्जाको सोच राख्ने, सासले भ्याएसम्म मन्त्री रहिरहनु पर्ने, हाम्रो राजनीतिको यो प्रवृत्ति भत्काउन जरुरी छ ।’ शर्माले केन्द्रीय कार्यासम्पादन समिति बैठकमा भनेका थिए ।
‘म लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अरु साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराउँदछु,’ पार्टी बैठकमा शर्माले भनेका थिए ।
उनले चुनावमा अनुहार बदलेर अघि बढ्नुपर्ने पनि बताए । ‘मेरो आग्रह छ चुनावमा अनुहार बदलेर जानुपर्छ , बढिभन्दा बढि युवा र नयाँ साथीहरूलाई अवसर दिनुपर्छ,’ शर्माले भने ।
.jpg)
