ललितपुर (ज्वागल) । अहिले काठमाडौं–ललितपुरको राजनीतिक नक्सामा एउटा नयाँ केन्द्र उभिएको छ - ललितपुरको ज्वागल ।
यहाँ कुनै पार्टी कार्यालय छैन, कुनै नेताको औपचारिक सचिवालय पनि होइन । तर यहीँबाट अहिले देशको वैकल्पिक राजनीतिमा हाइ भोल्टेज पावर हल्लिरहेको छ ।
केन्द्रमा छन् - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह ।
बालेन आफ्ना सहयोगी कुमार ब्यञ्जनकारको ज्वागलस्थित घरमा मंगलबार देखि नै अडडा जमाएर बसिरहेका छन् । यही घर पछिल्ला केही दिनयता राजनीतिक भेटघाटको इपिसेन्टर बनेको छ । मंगलबारदेखि सुरु भएको यो भेटघाट श्रृंखला बुधबार र बिहीबार झनै बाक्लिएको छ ।
बालेनलाई भेट्नेहरूको घुइँचो
ज्वागल पुग्नेहरूको सूची हेर्दा यो कुनै सामान्य भेटघाट होइन भन्ने स्पष्ट हुन्छ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेता अमरेश सिंह, कांग्रेस नेताहरु सुनलि शर्मा, चन्द्र भण्डारी, रास्वपा नेता शिशिर खनाल, उर्जा जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङ, नागरिक उन्मुक्तिका रेशम चौधरी, मिडिया मालिक सम्भव सिरोहिया, पत्रकार ऋषि धमला, पूर्व सचिव भीम उपाध्याय, मिनल पाण्डे, जेनजी आन्दोलनकारीका तर्फबाट रक्षा बम, सुधन गुरुङ लगायतका यी नामहरू आफैंमा राजनीतिक, प्रशासनिक र मिडिया शक्तिका प्रतीक हुन् ।
यहाँ केवल नेता मात्र होइनन्, पूर्व प्रधानमन्त्रीदेखि पूर्व सचिवसम्म, पत्रकारदेखि मिडिया मालिकसम्म, कलाकारदेखि अभियन्तासम्म सबै बालेनलाई भेट्न ज्वागल धाइरहेका छन् । उनले आफुलाई भेट्न पुगेका र भेट्न बोलाइएकालाई पालैपालो अन्तवार्ता लिईरहेका छन् । भनिरहेका छन्, ‘म राजनीतिमा आए, तपाई हामी सबै मिलेर नयाँ बैकल्पिक राजनीति गरौं ।’
कमलपोखरीको छलफल र बिग्रिएको ‘केमिस्ट्री’
यस राजनीतिक चहलपहलको जड पुगेर जोडिन्छ- कमलपोखरीमा भएको गोप्य छलफलमा । रास्वपा सभापति रवि लामिछाने र काठमाडौै मेयर बालेन साहका बीचमा सोमबार मध्यरातसम्म बार्ता भएको थियो । त्यसपछि बालेन रास्वपाको चुनाव चिन्ह र पार्टीमा अबको चुनाव लड्न तयार, पार्टी नेतृत्व लामिछानेले गर्ने, अबको प्रधानमन्त्री बालेन र अर्काे चुनाव पछिको प्रधानमन्त्री रवि लामिछाने बनाउने विषयमा सहमति नजिक पुगेको समाचार बाहिर आयो । त्यहाँ उठेका विषयलाई रवि लामिछानेले बाहिर फरक ढंगले प्रस्तुत गरिदिएको बालेनको बुझाइ छ । त्यसले बालेनलाई बिच्क्यायो ।
त्यसपछि उनले स्पष्ट संकेत गरे, अब आफू ‘देश विकास पार्टी’ को ब्यानरमा अगाडि बढ्नेछन । उक्त पार्टी आफुले अगाडी सारेका सन्ध्या खनालको नाममा निर्वाचन आयोगमा दर्ता छ । लौरो चुनाव चिन्ह्र उक्त दलको छ । त्यही चिन्ह्रमा बालेन गत स्थानिय तह चुनावमा काठमाडौंमा चुनाव लडेका थिए ।
यही संकेतसँगै बालेनले सल्लाह, परामर्श र सम्भावित सहकार्यका ढोका एकाएक खोलिदिए । उनले कुलमान घिसिङ देखि गोपी हमालसम्म सहकार्य गर्ने प्रस्तावमा छलफल थाले । त्यसपछि भने रवि लामिछाने पनि दवावमा आए । सोही दवाव पछि फेरि उनीहरुका बीचमा नयाँ शिराबाट वार्ता पारम्भ भएको छ । बिहिबारको छलफलमा लामिछानेले समानुपातिक बन्दसूचीको अनुपात संख्या भागवन्डाको प्रस्ताव समेत राखेको बताईएको छ ।
तर बालेनले त्यसमा भन्दा पहिला बैकल्पिक शक्तिलाई एक बनाउने विषयमा छलफल केन्द्रीत गर्न प्रस्ताव गरेको बताइएको छ । त्यही प्रस्तावका आधारमा आजै कुलमान, बालेन र रविका बीचमा सम्वाद हुने वताइएको छ । यही कारण आज बालेन सबैको केन्द्रविन्दु बनेका छन्।
ललितपुरको ज्वागलमा बालेन बसिरहेका छन्, र नेताहरू पालैपालो उनलाई भेट्न बोलाइँदै छन् । वा आफैं दौडिँदै आइरहेका छन् । राजनीतिक भाषामा भन्नुपर्दा, इपिसेन्टर अहिले ज्वागल हो ।
समयसीमाले बढाएको हतार
फागुन २१ मा तोकिएको निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची बुझाउने समय पुस १३ र १४ तोकेको छ । समय थोरै छ, लिनुपर्ने निर्णय भारी छन् । यही कारण भेटघाट तीव्र बनेको छ ।
आजै भएको बालेन–रवि भेटमा रविले समानुपातिक सिट संख्या ७०- ३० प्रतिशत को प्रस्ताव लगेको चर्चा छ । छलफलबाट मिलाउन सकिने भनिएको छ । यद्यपि दुवै पक्ष मौन भएकाले यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।
.jpg)
