काठमाडौं । अन्ततः कांग्रेस नेता तथा निर्वतमान गृहमन्त्री रमेश लेखक गत भदौं २३ र २४ को घटनाको जाँचबुझ गर्न गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगमा बयान दिन जान तयार भएका छन् । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरवहादुर देउवामार्फत लेखकलाई बयान दिन रोक्न खोजेपनि उनी कांग्रेसका अन्य नेताहरुको सुझावका आधारमा बयान दिन जाने निश्कर्षमा पुगेका हुन् ।
उनी अब सोमबार जाँचबुझ आयोगलाई बयान दिन सिंहदरवारस्थित आयोग कार्यालय जानेछन् । बिहीबार काग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै लेखकले जाँचबुझ आयोगमा बयानका लागि जाने बताएका हुन् ।
‘भाद्र २३ र २४ गतेको घटनाबारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको छ । मैले आयोगमा जाने निर्णय गरेको छु,’ लेखकले सञ्चारकर्मीसँग भने ।
आयोगले लेखकलाई भोलि शुक्रबारका लागि बयान दिन आउन भनेको थियो । त्यही अनुसारको पत्र पनि लेखकलाई पठाएको थियो । तर लेखकले आफनो दुई दि काम रहेकोले सोमबार बयान दिन आउने जानकारी आयोगका पदाधिकारीलाई गराईसकेकाछन् ।
‘उहाँहरूले भोलिलाई भनेर बोलाउनुभएको रहेछ । मैले सोमबार आउँछु भनेको छु । १४ गते सोमबार म बयानका लागि जान्छु,’ लेखकले भने ।
लेखक बयानका लागि जाने भएपछि एमाले अध्यक्ष केपी ओलीमाथी पनि दवाव पर्नेछ । उनले पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवालाई आयोग अनुसनधान अगाडी नै पूर्वाग्रही देखिएको र यो राजनीतिक विषय पनि भएकोले आफु पनि बयानका लागि नजाने र लेखकलाई पनि नजान आग्रह गर्न भनेका थिए । सोही आधारमा सभापति देउवाले पनि लेखकलाई बयान दिन के गर्ने ? ओलीले नजान भनिरहेको छन् भनी जिज्ञासा राखेका थिए । तर बुधबार र बिहिबार कांग्रेस केन्द्रीय समितिको बैठकमा बोलेका नेताहरुले आयोगमा बयान दिन जानुपर्ने मत राखेपछि लेखक बयान दिनका लागि तयार भएका हुन् ।
.jpg)
