काठमाडौं । निर्वाचन आयोगले छ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (४) बमोजिम जरिवाना नबुझाएका दललाई सोही ऐनको दफा १२ बमोजिम खारेज गरेको हो ।
खारेज हुनेमा आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी रहेका छन् ।
आयाेगका अनुसार हाल दर्ता भएका दलको सङ्ख्या १३७ छ ।
.jpg)
