मधेस प्रदेशको सभामुखमा यादव निर्वाचित

मधेस प्रदेशको सभामुखमा यादव निर्वाचित

images
आइतवार, पौष ६ २०८२
  • धनुषा । मधेस प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रामअशिष यादव निर्वाचित भएका छन् । मधेस प्रदेश सभामा आज भएको मतदानमा उनले ७२ मत पा्रप्त गरेर विजयी भएका हुन् । 


    प्रदेशसभा बैठकमा उपस्थिति ९६ प्रदेशसभा सदस्यमध्ये यादवको पक्षमा ७२ मत र विपक्षमा २४ मत परेको थियो । सात दलीय गठबन्धनका तर्फबाट यादव उम्मेदवार बनेका थिए । एमालेका तर्फबाट सभामुख रहेका नेताको भूमिका तटस्थता नरहेको भन्दै सभामुखमा नयाँ प्रक्रिया अगाडी बढेको थियो । 

    यादवलाई सभामुखमा निर्वाचित गर्न नेपाली कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले प्रस्ताव गरेका थिए । यादव धनुषा निर्वाचन क्षेत्र नं २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित भएका थिए । 

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend