रवि लामिछानेले भने- हामीले ०८४ कुरेका थियौं, जेन–जीले ०८२ मै बजाइदियो

रवि लामिछानेले भने- हामीले ०८४ कुरेका थियौं, जेन–जीले ०८२ मै बजाइदियो

‘मलाई झुटा मुद्दा लगाएर फसाउने सरकारको भागाभाग हामी सबैले देख्यौँ, प्रतिशोध साँध्ने सरकार हेलिकप्टरमा झुन्डेर भाग्नपर्‍यो’

images
शनिवार, पौष ५ २०८२
  • चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेन–जी पुस्ता र परिवर्तन चाहने नयाँ शक्तिहरू मिलेर अगाडी बढ्नुपर्ने बताएका छन् । लामो समय जेल बसेर शुक्रवार रिहा भएका लामिछानेले शनिबार आफनो निर्वाच्न क्षेत्र रहेको चितवन पुगेर कार्यकर्तालाई सम्बोधन गरेका थिए । त्यसक्रममा उनले आफनो पार्टीले २०८४ को चुनाव कुरेपनि जेनजी पुस्ताले ०८२ सालमै त्यो अवसर ल्याईदिएको बताएका हुन् । 

    ‘म जेन–जी पुस्तालाई सलाम भन्न चाहन्छु। हामीले त चुनाव कुरेका थियौं, तपाईंहरूले चुनाव सुनाव कुर्नुभएन। बजाइदिनुभयो। अस्ति २१ आयो, अर्को चुनावबाट थपौंला नि त भनेर सोझो भएर, संसदमा पनि हल्लाखल्ला नगरिकन, कुर्सी–सुर्सी पनि नभाँचिकन उठेर विरोध गर्‍यौं। जेन–जीले त बजाइदियो,’ लामिछानेले भने, ‘बजाउन त हामी पनि बजाउने हो। अल्ली कुरेर, संसदको माध्यमबाट भनेको हो, जेनजीले कहाँको ०८४ कुथ्र्यो ०८२ मै बजाइदियो।’ 

    उनले सिंगो पुस्ताको भविष्य नबनुन्जेल मिल्न चाहने शक्तिहरू एक भएर जाने सवालमा त्याग गर्नसमेत तयार रहेको बताए। नयाँ राजनीतिक शक्तिहरुका बीचमा मिलापन हुनुपर्ने आवाज उठिरहेका बेला लामिछानेको अर्थपूर्ण भनाई सार्वजनिक भएको हो । बैकल्पिक राजनीति सुरु गरेको राजनीतिक शक्तिहरु एक हुन दवाव बढिरहेका बेला लामिछानेको यस्तो भनँई आएको हो । रास्वपा, कुलमान घिसिङको पार्टी, हर्क साम्पाङ र बालनेहरुका बीचमा एकता भए अन्य ठूला भनिने कांग्रेस, एमालेहरुको केही नलाग्ने चर्चा चलिरहेका बेला लामिछानेले आफु त्याग गर्न तयार रहेको बताएका हुन् । 

    लामिछानेले एउटा चुनावको लागिमात्रै नभई एउटा पुस्ताको लागि कुर्नेगरी मिल्नुपर्ने सर्त राखेका छन्।

    SA_Narayanghad-IMG_1978.jpg

    ‘मिल्ने कुरा टाउको ठोकेर मित लगाएजस्तो होइन। एउटा चुनावका लागि मिल्ने होइन। म एउटा चुनावका लागि राजनीतिमा आएको होइन। पुस्ताका लागि राजनीतिमा आएको हो। सिंगो पुस्ताको भविष्य नबनुन्जेल मिल्ने हो भने मिलौं, नभए नमिलौं,’ उनले भने, ‘मैले कारागारमा हुँदा पनि भनेकै हो। म यहाँ छु, मेरो पार्टी मनाउनुस्। पार्टीले जे भन्छ त्यो मान्छु। मलाई केही चाहिएको छैन। कसैलाई चुनाव चिह्न चाहिए लैजानुस्, झण्डा, पार्टी के चाहिन्छ लैजानुस्। सभापति, उपसभापति के चाहिन्छ लैजानुस् देश बन्नुपर्‍यो, व्यक्ति बन्नु कुनै ठूलोकुरा होइन। त्याग गर्ने नामको पहिलो नम्बरमा मेरो नाम चढाएको छु।’ 

    लामिछानेले पार्टीका नेताहरू संवादमा रहेकोले मिल्नुपर्नेहरू मिलेरै छोड्ने बताए। आफूलाई अब देशले निकास पाउने विश्वास लागेको पनि बताए।  

    ‘जेन–जीको आन्दोलन भयो। देशका संरचना पनि जलेको छ, हामीलाई दुःख छ। तर त्यो भन्दा बढी त हाम्रा सपनाहरू जलेका छन्। त्यसलाई खरानी हुन दिन भएन। सिंहदरबार, संसद भवन न्यायालय बनाउँला तर वर्षौंदेखि खरानी भएको हाम्रो सपना कसले बनाउँछरु,’ उनले भने, ‘सबै जेन–जीको साथ बोकेर हामी बनाउँछौं। जेनजी भाइ हो रवि दाइ पनि साथमा छ, किन चिन्ता गर्छौं।’

    लामिछानेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्ष्य गर्दै आफूप्रति प्रतिशोध साँध्ने नेता हेलिकप्टरमा झुन्डिएर भाग्न परेको टिप्पणी पनि गरेका छन्। उनले भने, ‘मलाई झुटा मुद्दा लगाएर फसाउने सरकारको भागाभाग हामी सबैले देख्यौँ। प्रतिशोध साँध्ने सरकार हेलिकप्टरमा झुन्डेर भाग्नपर्‍यो।’

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend