एमाले महाधिवेशनबाट निर्वाचित भएका यी हुन् १९ पदाधिकारी

एमाले महाधिवेशनबाट निर्वाचित भएका यी हुन् १९ पदाधिकारी

images
बिहिवार, पौष ३ २०८२
  • काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनबाट १९ पदाधिकारी निर्वाचित भएका छन्।

    अध्यक्षमा ईश्वर पोखरेललाई हराउँदै केपी शर्मा ओली निर्वाचित भए। ओली एमालेको तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

    यस्तै महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् । उनी १२ सय २८ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत ल्याए ।

    केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ १७३७ मत, विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी भएका छन् ।

    त्यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १४५२मत, रघुवीर महासेठले १३६८ मत र योगेश भट्टराई १३४८ मततका साथ विजयी भएका छन् । 

    त्यसैगरी, सचिव पदमा महेश बस्नेत १५४४मत, छविलाल विश्वकर्माले १५०६मत, पद्माकुमारी अर्यालले १५३०मत , शेरधन राईले १५०३मत , हिक्मतकुमार कार्कीले १३३७मत , खगराज अधिकारीले १३३१ मत, यमलाल कँडेलले ११८५ मत, राजन भट्टराईले ११८१ मत र भानुभक्त ढकाल ११०८ मतका साथ विजयी भएका छन् ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend