एमाले महाधिवेशन

झण्डै २२ घण्टा लगाएर सकियो मतदान, अब यसरी हुँदैछ मतगणना

झण्डै २२ घण्टा लगाएर सकियो मतदान, अब यसरी हुँदैछ मतगणना

२२६३ प्रतिनिधिमध्ये २२२७ जना मतदान प्रक्रियामा सहभागी, ३६ जना प्रतिनिधि अनुपस्थित

images
बिहिवार, पौष ३ २०८२
  • काठमाडौं । नेकपा एमालेको अबको नयाँ नेतृत्वका लागि झण्डै २२ भण्टा लगाएर मतदान प्रक्रिया सकिएको छ । बुधबार बिहान ९ बजेदेखि शुरु भएको मतदान प्रक्रिया बिहिबार बिहान ७ बजेसम्म जारी थियो । रातभर पनि महाधिवेशन प्रतिनिधिहरु मतदान प्रक्रियामा सहभागी भएका थिए । एमालेको निर्वाचन आयोगका अनुसार मतदान प्रक्रिया सकिएको छ । अब केहीबेरमा 


    बन्दशत्रस्थल भृकुटीमण्डपमै मतगणना गर्ने तयारी निर्वाचन समितिले गरिरहेको छ । मतगणनाका केही प्राविधिक पक्ष मिलाएर तत्काल मतगणना गर्ने एमालेको निर्वाचन आयोगले जानकारी दिएको छ । 
    कुल २२६३ महाधिवेशन प्रतिनिधि एमालेको नयाँ नेतृत्व चयनका लागि मतदाता थिए । जसमध्ये २२२७ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । ३६ जना मतदाता भने मतदान प्रक्रियामा अनुपस्थित भएका छन् । मतदानका लागि ८० विद्युतीय मेसिनको प्रयोग गरिएको थियो ।

    अब अहिले मतगणनाका लागि ८० वटै मेसिनको फरक(फरक मुचुल्का तयार गरिँदैछ । त्यसपछि मतगणना सुरु हुने आयोगले जनाएके छ । मतगणना सुरु भएको बढीमा ३ घण्टामा परिणाम आउने एमालेको निर्वाचन आयोगले जनाएको छ । 


    अहिले हरेक मेसिनको छुट्टाछुट्टै मुचुल्का तयार गर्ने काम चलिरहेको छ । त्यसपछि हरेक मेसिनमा कति मत खसेको भन्ने प्रतिनिधि र मत संख्या रुजु गर्ने काम हुनेछ । सँगै त्यो रुजु भईसकेपछि ८० ओटै विधुतिय मेसिनलाई लक गरिनेछ । त्यसपछि हरेक विधुतिय मेसिनबाट त्यसमा लक भएको चिप्स निकालेर अलग अलग खामबन्दीमा मेसिनको नम्बरसहितको चिप्स राखेर खामबन्दी गरिने आयोगले जनाएको छ । 

    कलेक्सन भएका सबै खामहरुलाई फेरि एउटै खाममा नम्बरिङ गरेर प्याकिङ गर्ने काम हुनेछ । त्यसपछि भने बल्ल मतगणनाको प्रक्रिया अगाडी बढ्नेछ । मतगणनाका लागि  अध्यक्ष, महासचिव उम्मेदवारका प्राविधिक, एक जना प्रतिनिधि, मेसिनका प्राविधिकहरु र निर्वाचन आयोगका प्रतिनिधिहरुको रोहबरमा मतगणना सुरु गरिनेछ । 

    त्यसको बढीमा तीन घण्टामा परिणाम सार्वजनिक हुने आयोगले जनाएको छ । एमालेले आजै महाधिवेशन समापन घोषणा कार्यक्रम पनि त्यही भृकुटीमण्डपमा नै राखेको छ ।

    मत परिणाम सार्वजनिक गर्ने, निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने कार्यक्रम भृकुटीमण्डपमै समापन कार्यक्रम अगाडी नै हुनेछ । एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend