काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र तोकेको छ ।
बुधबार एक विज्ञप्तिमार्फत आयोगले मतदान केन्द्र तोकिएको जानकारी दिएको हो ।
आयोगका अनुसार कोसी प्रदेशका लागि मोरङको प्रदेश निर्वाचन कार्यालय, कोसी प्रदेशको परिसर विराटनगरमा मतदान केन्द्र तोकिएको छ । त्यस्तै मधेस प्रदेशमा महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर मतदान केन्द्र तोकिँदा बागमतीमा मकवानपुरको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा मतदान केन्द्र तोकिएको छ ।
गण्डकीमा प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशको परिसर कास्की, लुम्बिनीमा दाङको कर्मचारी मिलन केन्द्र घोराहीमा निर्वाचन केन्द्र तोकिएको छ । यस्तै कर्णालीमा सुर्खेतको प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर तथा सुदूरपश्चिममा कैलालीको प्रदेश निर्वाचन कायालय धनगढी मतदान केन्द्र तोकिएको आयोगले जनाएकाे छ ।
आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा क मतदान केन्द्रमा प्रदेश सभा सदस्यले मतदान गर्नेछन् भने ख केन्द्रमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका मेयर, उपमेयरले मतदान गर्नेछन्।
.jpg)
