पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ निलम्बित

पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ निलम्बित

images
बुधवार, पौष २ २०८२
  • काठमाडाैं । श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराज भनिने राजकुमार तामाङ लामालाई पार्टीले निलम्बन गरेको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेपछि उपाध्यक्ष तामाङलाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको हो। अध्यक्ष साम्पाङले प्रेस विज्ञप्ति जारी गरी उपाध्यक्ष राजकुमारलाई निलम्बन गरिएको जनाएका छन्। 

    सरकारी अनुसन्धानमा कुनै किसिमको प्रभाव वा दबाब नपरोस् भन्ने उद्देश्यले अनुसन्धानको अन्तिम टुंगो नलागुन्जेलसम्मका लागि उनलाई पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको जनाइएको छ।

    तामाङ विस्फाेटक पदार्थसम्बन्धी कसुरमा फरार देखिएपछि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, पाँचथरमा पठाइएको सिआइबीले जनाएकाे छ । 

    112025-12-17-01-07-08.jpeg
    undefined

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend