काठमाडाै । धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ पक्राउ परेका छन्।
कुमार, विश्वक्रान्ती, देवराज उपनामले चिनिने राजकुमार तामाङलाई मंगलबार काठमाडौँको कपनबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो। उनलाई विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ गरिएको हाे ।
२०६८ मा काठमाडौँको बबरमहलमा भएको बम विस्फोटमा संलग्न मुद्दामा जेलबाट छुटेका लामा अहिले पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका हुन् । पाँचथरमा दर्ता भएको मुद्दामा फरार देखिएका उनलाई पक्राउ गरिएकाे सीआईबीले जानकारी दिएकाे छ ।
.jpg)
