बागमती । मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
लु५त १४७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बकैया गाउँपालिका–७ अँधेरी निवासी ५५ वर्षीय केशव माझी, ५५ वर्षीय युवराज माझी र ४५ वर्षीय शन्तलाल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
दुर्घटनामा घाइते २२ जनामध्ये गम्भीर घाइते तीनै जनाको हेटौँडास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
अन्य १९ जनामध्ये हेटौँडा अस्पताल तथा केहीको चुरे हिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दियाे ।
.jpg)
