एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुई जनाको उम्मेदवारी खारेजी र १५ ले लिए फिर्ता

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुई जनाको उम्मेदवारी खारेजी र १५ ले लिए फिर्ता

images
मंगलवार, पौष १ २०८२
  • काठमाडौँ । नेकपा (एमाले) को ११आँै राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । 

    पार्टी केन्द्रीय निर्वाचन आयोगका अनुसार लुम्बनी प्रदेशबाट ४० वर्ष उमेरमुनिका लिलामणि गौतम र सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित भएका हुन् ।

    यस्तै केन्द्रीय सदस्य युवा (४० वर्ष मुनि) बाट नरेश रोकाया र सुशिलकुमार थापा, मधेस प्रदेशबाट ४० वर्ष मुनिको उमेर समूहबाट केन्द्रीय सदस्यमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला खाजिदा खातुन सिद्धिकी, पिछिडिएको क्षेत्र महिलाबाट वदमी क्वारी बुढा (वोहरा) र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् ।

    आयोगका अनुसार दुई जना उम्मेदवारको निर्वाचन खारेजी गरिएको छ । केन्द्रीय सदस्यका उम्मेदवार पासाङ् शेर्पा र धर्मलाल गिरी उम्मेदवारी खारेजी भएको हाे।

    यस्तै एक उपमहासचिवसहित १४ जना केन्द्रीय उम्मेदवारले फिर्ता लिएका छन् । उपमहासचिव पदमा उम्मेदवार दिनुभएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । एमालेको भृकुटीमण्डपमा जारी महाधिवेशनको आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । 

    निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधिले भाग लिँदैछन् । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend