नेपालमा अब भारू २ सय र ५ सयका नोट चल्ने, २५ हजारसम्म लान–ल्याउन पाइने

नेपालमा अब भारू २ सय र ५ सयका नोट चल्ने, २५ हजारसम्म लान–ल्याउन पाइने

images
सोमवार, मंसिर ३० २०८२
  • काठमाडौं । नेपाल सरकारले भारतीय रुपैयाँ २०० र ५०० दरका नोटहरू नेपालमा चलाउन निर्णय गरेको छ। लामो समय देखि नेपालमा यी नोट चलाउने विषयमा अन्यौलता कायम थियो ।  सोमबारको मन्त्रिपरिषद् बैठकले सन् २०१६ नोभेम्बरदेखि भारतमा निष्कासन गरिएका यी दरका नोटहरूलाई नेपाल ल्याउन तथा भारत लैजान खुला गरिएको हो।

    अब दुवै देशका नागरिकले प्रतिव्यक्ति भारु २५ हजारसम्म २०० र ५०० दरका नोटहरू नेपाल ल्याउन तथा भारत लैजान पाउनेछन्। यो निर्णयले नेपाल र भारतबीचको आर्थिक गतिविधि, व्यापार तथा पर्यटन क्षेत्रलाई थप सहज बनाउन सक्छ।


    सन् २०१६ मा भारत सरकारले उच्च दरका भारु नोटहरूमाथि प्रतिबन्ध लगाएपछि भारु १०० बाहेकका नोटहरूलाइ लिएर नेपालमा ठूलो समस्या उत्पन्न भएको थियो। विशेषगरी सीमा क्षेत्रका बासिन्दा, व्यापारी तथा भारतमा काम गर्ने नेपालीहरूलाई कारोबारमा असहज भएको थियो। नेपाल राष्ट्र बैंकले लामो समयदेखि यी नोटहरू खुला गर्न पहल गरिरहेको थियो।

    नेपाल र भारतबीचको खुला सिमानाका कारण नेपाली बजारमा भारतीय नोटहरूको ठूलो मात्रामा कारोबार हुने गर्दछ। पहिला भारु १०० दरका नोट मात्र बोक्न अनुमति दिइएको थियो।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend