ईश्वर पोखरेलकाे विराेधकाबीच एमालेमा फर्काइयाे पुरानै संरचनामा

ईश्वर पोखरेलकाे विराेधकाबीच एमालेमा फर्काइयाे पुरानै संरचनामा

images
आइतवार, मंसिर २९ २०८२
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सम्पन्न बैठकले १० औँ महाधिवेशनमा कायम केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने निर्णय गरेको छ । 

    बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उक्त निर्णयबारे जानकारी दिए। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत विधान महाधिवेशनबाट पारित विषयलाई नचलाउन माग गरेको भए पनि बहुमतले १० औँ महाधिवेशनअनुसार नै कायम गर्ने निर्णय भएको छ ।
      
    केन्द्रीय कमिटीले एक जना अध्यक्ष, ५ जना उपाध्यक्ष, १ महासचिव, उपमहासचिव ३, सचिव ९ जना रहने व्यवस्था गर्ने निर्णय गरेको छ। वरिष्ठ उपाध्यक्ष भने हटाइएकाे छ । 

    साथै पोलिटब्युरोको एक तिहाइ संख्याको स्थायी कमिटी, पोलिटब्युरो ९९ सदस्यीय बनाउने निर्णय भएको छ भने केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय भएको छ।

    गत भदौमा बसेको एमाले विधान महाधिवेशनले पदाधिकारी र केन्द्रीय कमिटीको आकार घटाएको थियाे । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend