काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अन्तः विधान संसोधन गर्न फेरि तात्तिएका छन् । गत शुक्रबारको केन्द्रीय सचिवालय बैठकबाटै ओलीले पदाधिकारीको संख्या १९ नै पुराउन चाहेका थिए । त्यसमा दुई उपाध्यक्ष र दुई सचिव थप्न चाहेका थिए ।
तर सचिवालयमा इश्वर पोखरेल समुहको असहमति पछि पछि हटेका ओली शनिबार बेलुकी अबेरसम्म आफनो कोर टिमको छलफलपछि फेरि विधान संसोधनकै बाटोमा जान लागेका हुन् ।
उनले केन्द्रीय कमिटिको बैठकबाट फेरि विधान संसोधन प्रस्ताव अगाडी सार्न खोजेका छन् । तयसका लागि उनले पार्टीको एघारौं महाधिवेशनको बन्दशत्र समेत ५ घण्टा पछि सारेका छन् ।
विधान संसोधन गरेर उनले अहिले कायम हुने ३ उपाध्यक्षमा थप दुई उपाध्यक्ष थप गर्ने र ७ सचिवमा थप २ सचिव थप गरेर ९ सचिव बनाउने गरी विधान संसोधन प्रस्ताव गर्न लागेका छन् । त्यसो गर्दा उनलाई आफनो समुहभित्रका नेताहरुको ब्यवस्थापन सहज हुने भएको छ ।
शनिबार अबेरसम्म बसेको ओलीको कोर टिममा नेताहरुले महाधिवेशनबाट एक पद बढुवाको आकांक्षा राखेको र पूरानै पदमा ओलीले दोहोराउन खोज्दा आफुहरुलाई असहज हुने भएकोले नमान्ने भन्दै आ आफना अडान कायम राखेपछि ओली समुह अन्ततः विधान संशोधनकै बाटोमा जान लागेको हो ।
त्यसो हुँदा अहिले महासचिव दावी गरिरहेका शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीमध्ये एकलाई महासचिव बनाएर अन्य दुईलाई थप हुने दुई उपाध्यक्षमा ब्यवस्थापन गर्न ओलीलाई सहज हुनेछ ।
उपाध्यक्ष दुई पद थप गर्दा उपमहासचिवमा दुई पद अहिलेको नेताहरुबाट खाली हुने र त्यसमा विष्णु रिमाल मात्र रहने र अन्य दुई उपमहासचिवमा सचिवमध्येबाट लैजान सकिने भएपछि यो विधिमा ओलीले तयारी गरेका हुन् । त्यसो हुँदा उपमहासचिवमा छविलाल विश्वकर्मा, रघुविर महासेठ, पद्मा अर्याल र लेखराज भट्टमध्येबाट अगाडी लान सकिने सहज विकल्प ओलीलाई हुनेछ । त्यसैगरी दुई सचिव थप गर्दा उनलाई आकांक्षी नेताहरुको ब्यवस्थापन सहज हुनेट । अहिले सवैभन्दा बढी आकांक्षी सचिवमा देखिएका छन् । दुई जना नेतालाई भूगोलका आधारमा ब्यवस्थापन गर्न पनि सहज हुने ठानेर ओलीले सचिव थप गर्न लागेका हुन् ।
ओलीले आफनो सहज बहुमत रहेको केन्द्रीय कमिटिबाट यो निर्णय लिन लागेका हु् । पोखरेल पक्षले असहमति जनाएपनि बहुमतका आधारमा निर्णय लिने गरी अहिले बस्ने केन्द्रीय कमिटि बैठकमा विधान संसोधन प्रस्ताव एमालेले अगाडी सार्न लागेको हो ।
पोखरेल पक्षले भने विधान संसोधन रोकेर ओली समुहमा रहेका नेताहरुको असन्तुष्टिमा खेल्ने योजना बनाएको थियो । तर ओली पक्षले पोखरेल पक्षको यो रणनीति असफल बनाउन तीन मिहना अगाडी मात्रै झण्डै ८ करोड खर्चेर सम्पन्न गरेको विधान सम्मेलनले तय गरेको विधान उल्टाउन लागेको हो
.jpg)
