सुशीला कार्की नेतृत्वको सरकारमा थपिए चार मन्त्री

सुशीला कार्की नेतृत्वको सरकारमा थपिए चार मन्त्री

images
शुक्रवार, मंसिर २७ २०८२
  • काठमाडौँ । सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारको मन्त्रिपरिषद् चौथो पटक विस्तार भएको छ।

    नवनियुक्त चार मन्त्रीहरूले पदभार ग्रहण गरेका छन्।  मन्त्रीहरू श्रद्धा श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमार इङ्नामले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र माधव चौलागाईंले वन तथा वातावरण मन्त्रालयमा गएर पदभार ग्रहण गरेका हुन्।

    चारै मन्त्रीहरूले शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिएका थिए । प्रधानमन्त्री कार्कीको सिफारिसमा उनीहरुलाई राष्ट्रपति पौडेलले आज नियुक्त गरेका थिए । 

    गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्को सङ्ख्या आजको विस्तारसँगै १४ पुगेको छ ।

    भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित मन्त्रिपरिषद् यसअघि गत भदौ ३०, असोज ६ गते र कात्तिक ९ गते विस्तार भएको थियो ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend