लुम्बिनी एनपिएलको फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने

लुम्बिनी एनपिएलको फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने

images
बिहिवार, मंसिर २६ २०८२
  • काठमाडौँ । लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ । 

    बिहिबार सम्पन्न दोस्रो क्वालिफायरमा  विराटनगर किङ्सलाई ४० रनले पराजित गरेर लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो । लुम्बिनीले अब फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ । 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन बनायो । एक सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो । 

    विराटनगरका लागि साम हेजल्टले सर्वाधिक ३४ रन बनाए । यस्तै नरेन भट्टले २१ रन बनाए । बलिङतर्फ लुम्बिनीका लागि तिलक भण्डारीले तीन, रूबेन ट्रम्पलम्यान, अभिषेश गौतम र जेजे स्मिथले दुई/दुई विकेट लिए । 

    त्यसअघि पहिला ब्याटिङ गरेकाे लुम्बिनिका लागि डार्शी शर्टले सर्वाधिक ४५ रनको योगदान दिएका थिए । उनले ४१ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरेका थिए । त्यसैगरी कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए । यस्तै निशोसन डिक्वेलाले २२ बलमा चार चौका प्रहार गर्दै २९ रन जोडे । रुबेल ट्रम्पलम्यानले अविजित  ११ रन बनाए । 

    एनपिएलको फाइनल खेल शनिबार हुनेछ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend