डडेल्धुराबाट कांग्रेस सभापति देउवा एकल सिफारिस

डडेल्धुराबाट कांग्रेस सभापति देउवा एकल सिफारिस

images
बिहिवार, मंसिर २६ २०८२
  • काठमाडाैं । फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम एकल सिफारिस भएको छ । 

    नेपाली कांग्रेस डडेल्धुराको बिहीबार बसेको बैठकले पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।

    सभापति देउवा २०४८ सालदेखि डडेल्धुराबाट लगातार निर्वाचन जित्दै आएका छन् । यसअघि उनी २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा भएको निर्वाचनमा विजयी भएका थिए । 

    यस्तै समानुपातिकमा नरभान कामी र मानकुमारी थापा तथा राष्ट्रियसभाको लागि भीमबहादुर साउँद र रघुवर भट्टको नाम सिफारिस भएको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend