ओलीसँग प्रतिस्पर्धा गर्ने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको औपचारिक घोषणा

ओलीसँग प्रतिस्पर्धा गर्ने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको औपचारिक घोषणा

images
नेपाल नजर
बुधवार, मंसिर २५ २०८२
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो विचार समूहका तर्फबाट अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन् ।   

    बुधबार सम्पादकहरूसँग अन्तरसंवाद गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेको जानकारी गराए । 

    उाले नेतृत्व पुस्तान्तरण र हस्तान्तरणसहित विधि र प्रक्रियाका आधारमा सबैलाई समेटेर पार्टी सञ्चालन गर्नुपर्दछ भन्ने आम नेता तथा कार्यकर्ताको भावनलाई सम्मान गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको स्पष्ट पारे।

    वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनावी प्रतिस्पर्धामा जितहारको अवस्थालाई स्वाभाविक रुपमा लिनुपर्ने धारणा व्यक्त गर्दै निर्वाचनको परिणाम जेजस्तो आए पनि आफूहरू पार्टीका पक्षमा दृढताका साथ उभिने स्पष्ट गरे ।

    एक प्रश्नको जिज्ञासामा वरिष्ठ उपाध्यक्ष पोखरेलले राज्यको संविधान, पार्टीको विधान, अन्तरराष्ट्रिय असल अभ्यास र सम्बन्धित व्यक्तिको चाहना भए जो कोहीलाई राजनीतिमा आउन दिनुपर्ने धारणा व्यक्त गरे ।  

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend