स्रोत नखुलेको सात लाख रकमसहित एकजना पक्राउ

स्रोत नखुलेको सात लाख रकमसहित एकजना पक्राउ

images
बुधवार, मंसिर २५ २०८२
  • सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–२ मा स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् ।

    मङ्गलबार दिउँसाे इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले भारततर्फबाट नेपालतर्फ आइरहेको भारतीय नम्बर प्लेट भएको बिआर ३२ एडब्लु –८३७७ नम्बरको स्कुटी जाँच गर्ने क्रममा स्कुटीको डिकीभित्र लुकाइछिपाइ राखिएको सात लाख रुपैयाँ बरामद गरेको हाे । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनन्तराम शर्मालेका अनुसार उक्त स्कुटी चलाइरहेका बरियारपट्टी गाउँपालिका–३ का ४६ वर्षीय दिनेश महतोलाई घटनास्थलमै नियन्त्रणमा लिइएको हाे । 

    पक्राउ परेका महतोमाथि नगदको स्रोत, प्रयोजन तथा सम्भावित अवैध कारोबारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend