रौतहट । रौतहटमा करोडौं लागतको सडक कालोपत्रे परियोजनाको शिलान्यास भएकाे छ ।
जिल्लाकाे विश्रामपुर, बेनौलि, नरकटियया र हर्दियालगायतका गाउँ जोड्ने नालासहितको कालोपत्रे सडक निर्माणका लागि प्रदेश सभा सदस्य युवराज भट्टराईले बुधबार शिलान्यास गरेका हुन्।
कुल १२ करोड ७८ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त सडक निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाको दैनिक आवागमन सहज हुने सांसद भट्टराईले विश्वास व्यक्त गरे।
.jpg)
