एमालेको महाधिवेशनमा १६ दललाई निम्तो

एमालेको महाधिवेशनमा १६ दललाई निम्तो

images
मंगलवार, मंसिर २४ २०८२
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ११औँ राष्ट्रिय महाधिवेशनमा १६ राजनीतिक दललाई निम्तो गरेको छ  ।

    महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा सहभागी हुनका लागि १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको पार्टीका एक नेताले जानकारी दिए । 

    महाधिवेशनमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायत दललाई निम्तो दिइएको जनाइएकाे छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend