काठमाडौँ । सेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ । पछिल्लो ६ दिन निरन्तर घटेको नेप्से परिसूचक आज सात दशमलव ३९ अंकले बढेर दुई हजार ६१४ दशमलव ०७ को बिन्दुमा कायम भएको हो ।
मंगलबार ३३१ कम्पनीको ८७ लाख ४२ हजार ८४ कित्ता शेयर ६२ हजार ६६५ पटक खरिद बिक्री हुँदा कारोबार रकम रू तीन अर्ब ७५ करोड ५० लाख २७ हजार ७९५ मा खुम्चिएको छ ।
आजको कारोबारमा बैंकिङ शून्य दशमलव १२, लघुवित्त शून्य दशमलव ०६, निर्जीवन बीमा शून्य दशमलव १७ र व्यापार समूह शून्य दशमलव ०१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
.jpg)
