काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्ट्राचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीशद्वय अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्लीराज श्रेष्ठको इजलासले अधिकारीलाई पाँच लाख धरौटीमा छाड्न आदेश गरेको हो । यस्तै इजलासले तत्कालीन प्रबन्धक मुरारी भण्डारीलाइ एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २१ गते अधिकारीसहित ५५ जना बिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
.jpg)
