एनपीएल : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

एनपीएल : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

images
मंगलवार, मंसिर २४ २०८२
  • काठमाडौँ । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) काे फाइनलमा पुगेको छ । त्रिवि मैदानमा मंगलबार सम्पन्न पहिलो ‘क्वालिफायर’ खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो । 

    सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ दशमलव एक ओभरमा ७८ रनमा अलआउट भयो । विराटनगरका लागि फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन जोडे । 

    टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५५ रनको योगफल बनायो ।

    सुदूरपश्चिमको लागि विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ५२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ६३ रन बनाएका हुन् । यस्तै, आसिफ शेख र शेरडोन ज्याकसनले समान २०/२० रन जोडे । यसैगरी हरमित सिङले १४ रन बनाए भने इसान पाण्डेले १३ रन जोडे ।

    पराजित विराटनगरले अब ‘इलिमिनेटर’ खेल्ने मौका पाउनेछ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend