संसद् पुनर्स्थापनाको मुद्दा लिएर कांग्रेस पनि पुग्यो सर्वोच्च

संसद् पुनर्स्थापनाको मुद्दा लिएर कांग्रेस पनि पुग्यो सर्वोच्च

images
आइतवार, मंसिर २२ २०८२
  • काठमाडौं । प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालतमा पुगेकाे छ।

    आइतबार कांग्रेसका तत्कालीन प्रमुख सचेक श्याम घिमिरे र सचेतक सुशिला थिङले पूर्वमहान्यायाधीवक्ता खम्बहादुर खातीलाई वारेस राखेर रिट निवेदन दर्ता गरेका हुन्।

    यसअघि एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ता गरेको थियो । 

    सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गत शुक्रबार भेटवार्ता भएलगत्तै कांग्रेसले आइतबार एमालेकै ‘लाइन’मा सर्वाेच्च गएको हाे । 

    जेनजी आन्दोलनपछि भदौ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए। त्यसपछि पूर्व प्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वमा नयाँ सरकार गठन भएको थियो।

    भदौ २७ गते कार्की प्रधानमन्त्री नियुक्त भएलगत्तै उनले प्रतिनिधि सभा विघटन गरेकीथिइन् । साथै फागुन २१ मा चुनाव घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन्।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend