तत्काल नबन्ने भयो नागढुङ्गा–नौबिसे–सिस्नेखोला सुरुङमार्गमा ‘सर्भिस सेन्टर’

तत्काल नबन्ने भयो नागढुङ्गा–नौबिसे–सिस्नेखोला सुरुङमार्गमा ‘सर्भिस सेन्टर’

images
आइतवार, मंसिर २२ २०८२
  • काठमाडौं । निर्माणको अन्तिम चरणमा पुगी सञ्चालनको तयारीमा रहेको नागढुङ्गा–नौबिसे–सिस्नेखोला सुरुङमार्ग आयोजना अन्तर्गत पश्चिम खण्ड (पोर्टल) मा निर्माण हुने बजार (सर्भिस सेन्टर) तत्काल निर्माण नहुने भएको छ ।

     सुरुङमार्ग आयोजनासँगै डिजाइन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी बजेटसमेत छुट्याइएको ‘सर्भिस सेन्टर’ को काम जग्गा विवदका कारण अझै सुरु हुन सकेको छैन ।

    आयोजनाका प्रमुख सौजन्य नेपालले अन्य मुलुकमा जस्तै सुरुङमार्गभित्र प्रवेश गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न र यात्रुहरू पुनर्ताजगी (रिफ्रेस) हुन बजार निर्माण गर्ने ठाउँमा जग्गा स्वामित्व विवादका कारण ‘सर्भिस सेन्टर’ निर्माण नहुने बताए । उनले जग्गा विवादकै कारण ‘सर्भिस सेन्टर’ को काम सुरु हुन नसकेको बताएका छन् । 


    अन्तराष्टियस्तरको सर्भिस सेन्टर निर्माण गर्न सुरुङमार्गसागै बजारको पनि बृहत परियोजना प्रतिवेदन (डिपिआर) तयार भईसकेको छ । त्यसको समेत डिजाइन तयार भईसकेको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend