मधेस प्रदेशको छैटाैँ मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

मधेस प्रदेशको छैटाैँ मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

images
शुक्रवार, मंसिर २० २०८२
  • काठमाडाैं । नेपाली कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।कांग्रेससहित ६ दलको समर्थनमा यादव आज मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

    प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। योसँगै यादव मधेशको छैटाैँ मुख्यमन्त्री बनेका छन् । 

    यादवले आजै ६ राजनीतिक दलका ७७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा प्रदेश प्रमुख लाभसमक्ष दाबी पेस गरेका थिए । 

    तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि १७ मंसिरमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend