जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ ।
सर्वोच्च अदालतको परमादेशबमोजिम प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ (२) बमोजिम दुइ वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न आह्वान गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा गठन भएको नेकपा एमाले संसदीय दलको नेता सरोजकुमार यादव नेतृत्वको सरकारले राजीनामा दिएपछि नयाँ सरकार गठनको लागि आह्वान गरिएको हो । आगामी शुक्रबार साँझ ५ बजेसम्म दाबी पेश गर्न समय सीमा तोकिएको छ ।
.jpg)
