काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । हिमालयन टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा कुराकानी गर्दै उनले १५औं महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
‘म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो र मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले मलाई यो ऐतिहासिक पार्टीको नेतृत्वगर्ने जिम्मेवारी दिनुहुन्छ भन्ने मलाई विश्वास छ’ थापाले भनेका छन् ।
पुस २६ देखि २८ गतेसम्म कांग्रेसको महाधिवेशन हुँदैछ।
.jpg)
