देउवा र निधिको जुहारी

मैले छाड्छु भनेकै छु भने तपाईंहरूलाई के समस्या भयो ? - देउवा

मैले छाड्छु भनेकै छु भने तपाईंहरूलाई के समस्या भयो ? - देउवा

केन्द्रीय कमिटीको बहुमत साथीहरू मान्दैनन्, हामी मान्दैनौं - निधि

images
शुक्रवार, मंसिर १३ २०८२
  • काठमाडौं । कांग्रेसलाई महाधिवेशनको पिरलोले थिचेको लामै समय भयो । महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्मा चुनाव अगाडी नै मंसिर अन्तिमसम्म नियमित नसकेपनि विशेष महाधिवेशनको अडान नछोडने, सस्थापन पक्षका पूर्व पदाधिकारी फागुन २१ मा तोकिएको चुनाव अगाडी महाधिवेशन हुनै नदिने दुई थरी अडानका कारण कांग्रेस अनिर्णित भईरहेको थियो । 

    जसकाकारण २८ असोज देखि जारी केन्द्रीय समिति बैठकले कांग्रेसमा कुनै निर्णय लिन सकेको छैन । विवादबढेपछि पटक पटक पार्टीको केन्द्रीय समिति बैठक रोकेर नेताहरुले छलफल गरेपनि निकास निस्कन सकिरहेको छैन । जसकाकारण कांग्रेस नै विभाजन हुने जोखिम बढिरहेका बेला शुक्रवार सभापति शेरवहादुर देउवाले आफु निकटका सस्थापनका नेतासहित महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरेका थिए । 

    छलफलमा देउवाले आफुले सिंगापुर जानु अगाडी नै महाधिवेशनको तयारी गर्न निर्देशन गरेर गएपनि त्यो अनुसारको निर्णय लिन नसकेको र पार्टीभित्र झन् बढी विवाद हुल्ने र हुन्डरी मच्चाउने काममा मात्र वर्तमान पदाधिकारी तथा पूर्व पदाधिकारी लागेको भन्दै आलोचना गरेका थिए । 
    त्यसक्रममा उनले पुस मसान्तसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन र विवाद हल गरेर जान आग्रह गरेपछि सस्थापन पक्षमै रहेका बिमलेन्द्र निधिसँग देउवाको जुहारी चलेको छ । 

    देउवाले पुस मसान्तसम्म महाधिवेशन गर्ने गरी तालिकाको कुरा उठाएपछि निधिले त्यसलाई नमान्ने बताएका थिए । ‘केन्द्रीय समितिका बहुमत साथीहरुले यो कुरा मान्दैनन । यो निर्णय मान्य हुँदैन । हामी मान्दैनौं,’ निधिले देउवाकै अगाडी चुनाव अगाडी महाधिवेशन गर्न नसक्ने मत राखेका थिए । 
    त्यसपछि हो देउवा र निधिको जुहारी नै चलेको । देउवाले निधिलाई रोक्दै भनेका थिए, ‘कसले नमान्ने ? किन नमान्ने ? पार्टी फुटाउनतिर लाग्ने रु गर्न सकिन्छ, पुसको मसान्तभित्र गर्नुपर्छ । मिति तोकेर जानुपर्छ ।’ 
    कांग्रेसमा खासगरी विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा शसांक कोइराला र प्रकाशशरण महत चुनाव अगाडी महाधिवेशन गर्ने नसक्ने अडानमा थिए । तर सस्थापन इतरसमुहमा रहेका महामन्त्रीद्दयले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गरी विशेष महाधिवेशन बोलाउन माग गरेपछि कांग्रेस अप्ठ्यारोमा परेको थियो । 
    त्यसपछि देउवाले आज महामन्त्रीहरु र सस्थापन पक्ष (आफुसँग ) रहेका नेताहरुलाई बोलाएर यस विषयमा छलफल गरेका हुन् । छलफलमा देउवाले आफुले पद छोडन तयार भईसकेको र यही विषयमा अन्य नेताहरुले अब टाउको दुखाईरहनु नपर्ने भन्दै पुस मसान्तसम्म नियमित महाधिवेशन गर्न सुझाएका थिए ।

    ‘मैले छाड्छु भनेर भनिसकेकै छु । विधानले तोकेको समयभित्र महाधिवेशन गर्नु भनेर मैले भनेरै सिंगापुर गएको हो,’ छलफलमा देउवाले भने, ‘त्यो भनेको मंसिरमै थियो । मंसिरमा किन नगरेको ? समय थियो त ! तपाईंहरूले विवाद गर्दागर्दै यस्तो भयो रु मैले छाड्छु भनेकै छु भने तपाईंहरूलाई के समस्या भयो ?’
    शुक्रबार महाराजगञ्जस्थित आफ्नो निवासमा पार्टीका पदाधिकारीसँग छलफल गर्दै विशेष महाधिवेशनको विषयमा नलागि नियमित महाधिवेशनमा लाग्न निर्देशन दिएका हुन्। 
    ‘नियमित गर्न सकिन्छ भने तयार नै हो। समय कम भएको हुँदा सकिन्छ, सकिन्न भन्ने आशंका त छ नि। फास्ट ट्रयाकबाट गर्न सकिन्छ भन्नेमा त हामी पनि हौँ,’ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भनेका थिए, ‘क्रियाशील नवीकरण र सदस्यता वितरणको काम कसरी सक्ने, नगर्नेलाई तत्कालै रिजेक्ट गर्ने,  कार्यालयमा आइटीका मान्छे धेरैभन्दा धेरै राखेर कम्प्युटरमार्फत काम गर्ने कमिटमेन्ट चाहिन्छ। काममा हस्तक्षेप हुनुहुँदैन।‘
    बैठकमा गगनले विशेषमै जोड दिएका थिए। फेरि देउवाले थपे, ‘विशेष हुँदैन। गर्ने भएपछि नियमित गरौँ। सबै लागौँ।’

    देउवाले विशेष महाधिवेशन गर्दा पार्टी विभाजनतर्फ जाने भन्दै नियमित महाधिवेशनको तयारीमा लाग्न र त्यसैमा सहमति खोज्न आग्रह गरेका थिए । 

    आफुले साथ दिईरहेका सभापति देउवाबाटै नियमित महाधिवेशन चुनाव अगाडी गर्ने प्रस्ताव आएपछि निधि रिसले चुर भएका थिए । उनले केन्द्रीय समिति देखाउँदै सके केन्द्रीय समितिबाट बहुमतले यस विषयमा निर्णय लिन चुनौती महामन्त्रीद्दयलाई दिएका थिए । 

    तर देउवाले निधिलाई नै हप्काउँदै पार्टी विभाजन हुने कुरा नगर्न चेतावनी दिएको एक नेताले बताए । 
    विशेष महाधिवेशन पक्षधरले शनिबार विहानसम्म आफुहरुको माग बारेमा पार्टीले ठोस धारणा दिनुपर्ने माग बढाईरहेका बेला देउवाले विवाद मिलाउन सक्रियता देखाएका हुन् । विशेष महाधिवेशन पक्षधरले शुक्रवार कार्यवाहक सभापति पूर्णवहादुर खड्कालाई फोन गरी तत्काल निर्णय लिन दवाव बढाएका थिए । कार्यावहक सभापति खड्काले शनिबार बिहान ८ बजे बैठक बस्ने गरी फोन गरेको नेता विशेष महाधिवेश पक्षधर नेता गुरुराज घिमिरेले बताए।
    ‘कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भोलि शनिबार बिहान ८ बजे सभापति निवासमा बोलाउनु भएको हो। उहाँको पहललाई हामीले सकरात्मक रुपमा लिएका छौँ,’  घिमिरेले बताए । 

    शनिबार दिनभर पनि यसबारेमा छलफल गरेर आइतबारको बैठकबाट कांग्रेसले महाधिवेशनको बारेमा निर्णय लिने बताइएको छ । 

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend