काठमाडौं । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिएको छ।
बिहीबार न्यायाधीशहरू अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। महरा भेपमार्फत सुन तस्करी गरेको प्रकरणमा थुनामा थिए ।
अदालतले ताेकेकाे २० लाख धरौटी बुझाएर महरा रिहा भइसकेका छन् ।
असोज २६ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको थियो। महरालाई असोज २९ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
२०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले लगेजमा ठूलो संख्यामा भेप ल्याएका थिए। त्यसमा ९ किलो सुन थियो। त्यो सुन विमानस्थलकै भन्सारबाट चोरी भएपछि मात्र सुन तस्करीबारे खुलेको थियो। सिआइबीले अनुसन्धान गर्दै जाँदा महरा पनि मुछिएका हुन् । उनीमाथि भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ।
.jpg)
