काठमाडाैं । सर्वोच्च अदालतमा आगजनी गरेको आरोपा नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेल पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार उनलाई चितवनको भण्डाराबाट पक्राउ गरेको हो।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत जलाइएको थियो । उक्त आगजनीमा ढुंगेल समेत संलग्न भएको खुलेपछि उनलाई पक्राउ गरिएकाे हाे । यसअघि प्रहरीले सर्वोच्च जलाएको आरोपमा पाँच जनालाई पक्राउ गरिसकेकाे छ ।
.jpg)
