अध्यक्ष पदकाे उम्मेदवार बन्ने ईश्वर पोखरेलको घोषणा

अध्यक्ष पदकाे उम्मेदवार बन्ने ईश्वर पोखरेलको घोषणा

images
मंगलवार, मंसिर १० २०८२
  • काठमाडाैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

    आसन्न ११औं महाधिवेशनका लागि उनले मंगलबार लामो वक्तव्य जारी गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्। पार्टी पुनर्गठन र रूपान्तरणका लागि आफूले अध्यक्ष पदमा दाबी गरेको उनले स्पष्ट पारेका छन्। 

    'राष्ट्र, जनता र पार्टीलाई सदैव शिरमा राखेको छु। जीवनका उचारचढावहरूमा इमान र निष्ठालाई कहिल्यै डगमगाउन दिएको छैन। यो नै मैले आर्जन गरेको नैतिक बल हो। शक्तिमा होइन, म विधि, समन्वय, सामूहिकता र सहकार्यमा विश्वास राख्छु। पार्टी निर्माणसम्बन्धी माथि उल्लिखित विचारको आधारमा ११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारका रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु। पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ,' उनले विज्ञप्तिमा भनेका छन्।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend