काठमाडौं । गत भदौं २३ र २४ को जेन जी पुस्ताको आन्दोलनमा सहभागी एउटा समुहबारे निक्कै चर्चा भयो । तिब्बेतियन ओरिजिनल ब्लड लेखिएको टिसर्ट लगाएर आन्दोलनमा फ्रिा तिब्बत मुभमेन्टका मानिसहरु सहभागी भएको विषय उठेपछि यस घटनाको छानबिनमा प्रहरी लाग्यो ।
भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा आन्दोलन भड्काएको आरोप टीओबी (तिब्बतीयन ओरिजिनल ब्लड) समूहलाई लागेको थियो । त्यसमा रहेका र जोडिएकाहरु नेपाली भन्दा तिब्बेतियनहरु रहेको आशंकामा प्रहरीले अनुसन्धान थालेको थियो । तर त्यसमा जोडिएका एक जना बाहेक सबै नेपाली रहेको प्रहरीले अनुसन्धानपछि पत्रकार सम्मेलन गरेर जनाएको छ ।
प्रहरीले यो समुहको गठन कसरी भयो ? कति मानिस यस समुहमा जोडिएका छन् ? उनीहरुले जने जी पुस्ताको आन्दोलनका बेला के के योजना बनाए ? कहाँ बसेर कसरी योजना बनाए ? अन के के गरे ? भन्ने सम्मको सम्पूर्ण विवरण समेटेर अनुसन्धान प्रतिवेदन बनाएको छ ।
जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार, चर्को आवाजमा बाइक कुदाउँदै परिस्थिति भड्काएको आरोप लागेको टीओबी समूहका तेन्जिन दावा लामाबाहेक अरुको तिब्बतसँग कुनै सम्बन्ध देखिएको पुष्टि नभएको बताएका छन् । बिजुलीबजारमा पेस्तोल देखाएको भिडियो सार्वजनिक भएपछि पक्राउ परेका उनलाई प्रहरीले सुरुमा अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो। यद्यपि, त्यो भिडियो जेन–जी आन्दोलनको बेलाको नभई, केही महिना पहिल्यै म्युजिक भिडियो बनाउँदाको भएको प्रहरीको भनाइ छ।
अभद्र व्यवहारको कसुरमा ७ हजार ५ सय रुपैयाँ धरौटी प्रशासनले मागेको थियो।
उनीमाथि लिखत, नागरिकता र राहदानीसम्बन्धी कसुरमा पनि अनुसन्धान भइरहेको छ। प्रहरीले उनीको साथबाट गाँजासमेत बरामद भएकाले लागूऔषधको कसुरमासमेत अनुसन्धान गरिरहेको छ।
एसपी भट्टराईका अनुसार, १० जुन २०२४ मा यो बाइकर्स समूहको रुपमा स्थापना भएको देखिएको छ।
प्रदर्शना क्रममा २६ जनाको समूहले प्रयोग गरेको १३ वटा बुलेट र एउटा पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। ती मोटरसाइकलहरु सोमबार अभिभावकको रोहबरमा सम्बन्धितलाई जिम्मा लगाइएको छ।
‘यसमा ५७ जना सदस्य रहेछन्, लोगोको डिजाइन तेन्जिन नै गरेका रहेछन्,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यसको पूरा रुप द ओरिजिनल ब्रदर्स रहेको देखिन्छ, तर तिब्बती मूलको भएकाले तेन्जिनले आफ्नो ज्याकेटमा तिब्तियन ओरिजिनल ब्लड लेखेको बयान दिएका छन्।’
हेर्नुहोस् प्रहरीको अनुसन्धान प्रतिवेदन

.jpg)
