प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, अभिभावकीय भूमिकामा बाबुराम

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, अभिभावकीय भूमिकामा बाबुराम

images
आइतवार, मंसिर ८ २०८२
  • काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । 

    नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा भएको हाे।

    आइतबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा एकता घोषणा कार्यक्रम भएको हो।

    कार्यक्रममा बाबुराम भट्टराई, जनार्दन शर्मा लगायत नेता कार्यकर्ताहरू उपस्थित छन्। पूर्वप्रधानमन्त्री डा.भट्टराईले पार्टीको नाम घोषणा गर्दै आफू पार्टीमा ‘अभिभावकीय भूमिका’ मा रहेको बताए। 

    पार्टीमा १५१ सदस्यीय केन्द्रीय समिति रहनेछ भने पार्टीकाे चुनाव चिह्न ‘आँखा’ रहेको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend