विराटनगर । नेकपा (एमाले) का नेता महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ।
सुनसरीमा हुने कार्यक्रमका लागि मोरङको विराटनगरस्थित विमानस्थलबाट बाहिरिने क्रममा बस्नेत सवार कारमा युवाहरुले रङ भरिएको बेलुनको लोला हानेका थिए ।
दुर्व्यवहारमा संलग्न २ जनालाई प्रहरीले तत्काल पक्राउ गरेको छ। प्रहरीका अनुसार विराटनगर महानगरपालिका–२ बस्ने १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम पक्राउ परेका हुन्।
पक्राउ परेका दुवै युवा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका रहेकाे खुलेकाे छ ।
.jpg)
