काठमाडाैं । ऊर्जामन्त्री कुलमान घिसिङको पहलमा गठन भएको उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।
५१ सदस्यीय केन्द्रीय समिति रहेको पार्टीलाई आयोगले शुक्रबार दर्ताकाे प्रमाणपत्र दिएको हो। पार्टीको अध्यक्षमा अनुपकुमार उपाध्याय छन् भने चुनाव चिह्न ‘बलेको चिम’ तोकिएको छ ।
शुक्रबारसम्म निर्वाचन आयोगमा १० वटा नयाँ दल दर्ता भएका छन् । श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय जनमत पार्टी, कम्युनिस्ट पार्टी नेपाल, राष्ट्र निर्माण दल, राष्ट्रिय उर्जाशील पार्टी, पिपल्स फर्स्ट पार्टी र उज्यालो नेपाल पार्टी आयोगमा दर्ता भएका हुन् ।
.jpg)
